आज एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ

72

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको छ।

काठमाडौंमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here