सभापति चयनका लागि भएको निर्वाचनमा स्पष्ट निर्णय

80

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अझै पनि संकटमुक्त भइनसकेको जनाएका छन्।

मंगलबार विहान महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना गरेका पौडेलले सम्बोधन गर्दै सभापति चयनका लागि भएको निर्वाचनमा स्पष्ट निर्णय नआएको बताए।

आफूले राजनीतिक कारणले नभइ साथीहरुसँग आमनेसामने हुनका लागि चियापान आयोजना गरेको पौडेलको भनाइ थियो।

‘राजनीतिक उदेश्य होइन। साथीहरु र मेरो बीचको आत्मियता र घनिष्ठतालाई निरन्तरतालाई अझ निकट बनाउन यो चियापान गरेको हो’ उनले भने।

महाधिवेशन पार्टीका लागि निकै महत्वपूर्ण पर्व भएको भन्दै उनले महाधिवेशन सबै चिज र राजनीतिको अन्त्य नभएको बताए। ‘यो सामान्य खुड्किला हो। व्यहोर्नुपर्ने प्रतिस्पर्धा धेरै छन्’ उनले भने।

आफू मुलुकलाई स्थायित्व, सुशासन र विकास दिने कुरामा  प्रतिवद्ध रहेको बताउँदै महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट मात्रै बाहिरिएको उनले बताए।

‘चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको मात्र हो, राजनीतिबाट आफूलाई अलग राखेको छैन’ उनले भने ।
उनले आफू निष्ठा र इमान्दारिताबाट विचलित नहुने उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here