आफैँले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

230

सर्लाही – ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले  जनाए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here