आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार

84

काठमाडौं । चाडबाड नजिकिदै गर्दा नेपाली बजारमा सुनचाँदीको भाउमा परिवर्तन भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।   त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।

महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here