स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन प्रमद्वारा अनुरोध

63

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादशैँ बिहीबारबाट सुुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

असोज २१ गते  बिहीबारदेखि सुुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई उहाँले शुभकामना पनि दिएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुुभएका प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा विजयादशमीले सबैमा सुख, शान्ति, सुु–स्वास्थ्य, दीर्घायुु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

यसैगरी काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । विजयादशमीले सबै नेपाली सद्विचार, सदाचार र सद्गुणहरूको सिर्जना र विकासलाई प्रोत्साहित गर्ने विश्वास लिएको उहाँले सन्देशमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here