बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

61

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

अवैध लागूऔषधसहित चार जना पक्राउ काठमाडौं, ८ जेठ कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखर ताल एरियाबाट अवैध लागूऔषध चरेश ४ सय ३६ ग्रामसहित बझाङ छविस पाथीभरा गाउँपालिका-३ बस्ने ३५ वर्षीय शिवराज उपाध्यायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कन्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ७५ मिलिग्रामसहित गोदावरी नगरपालिका-८ बस्ने २६ वर्षीय समिर चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध कोडिवेल १४ बोतलसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभ्याङ बस्ने ३७ वर्षीय संतोष मिश्रालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनार्वाबाट  खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.२५ प २६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ४६ वर्षीय ऋषि राम कँडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here