बस दुर्घटना : चालकले ठूलो क्षति हुन बाट जोगाए

229

दाङ /  बुटवलबाट महेन्द्रनगर जाँदै गरेको लु १ ख ८६३० नम्बरको बसको पट्टा भाच्चिँदा अनियन्त्रित भएर दुर्घटनामा परेको छ । यात्रुले भरिएको बस लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिकै दुर्घटना भएपनि ठूलो क्षति हुन बाट जोगिएको छ ।

राजमार्ग देखि १० मिटर तल खसेको बस झण्डै नहरमा खसेन त्यहाँ खसेको भए ठूलो क्षति हुने थियो । – बसमा सवार यात्रुले सञ्चार माध्यमलाई जनाउँदै बस चालकले बसलाइ कम क्षति हुनेगरी अर्को दिसातर्फ सोझाए ।

बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन । तीन जना गम्भीर छन् । सामान्य घाइतेहरु लमही अस्पतालमा प्राथमिक उपचार पछि डिस्चार्ज भएका छन । गम्भीर घाइतेलाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ ।

बसको पट्टा भाच्चिँदा दुर्घटना भएको अस्थायी ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here