सुनसरी / सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिनु भएको छ । उनका अनुसार मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जानकारी दिनु भयो । उनीहरूको सनाखत हुन सकेको छैन । दुर्घटनामा ३१ जना यात्रु घाइते भएकाहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

















