काठमाडौं / मलेसियामा आइतबार राति बस दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ। मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको हो।
उक्त दुर्घटनामा मलेसियाका बस ड्राइभरसहित ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको समेत ज्यान गएको छ। बसले ४३ यात्रु बोकेको थियो । बस एकदमै सजिलो ठाउँमा दुर्घटनामा परेका मलेसियाली अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे खुलेको छैन ।
दुर्घटनामा कुन देशका कति कामदार घाइते भए भन्ने खुलाइको छैन। परराष्ट्र मन्त्रालयले बसमा १३—१४ जना नेपाली कामदार चढेको भएता पनि थप जानकारी आउन बाँकी रहेको बताएको छ।
‘दूतावासका कर्मचारी दुर्घटना स्थलमा पुगेको थियो । जम्मा कति जनाको मृत्यु भयो भन्ने एकिन विवरण आउन बाँकी छ,’ परराष्ट्र प्रवक्ता भरत पौडेलले जानकारी दिनु भयो ।


















