मिडिया प्रयोग गरेर प्राधिकरणका बारेमा दुष्प्रचार गरेको कुलमान घिसिङको आरोप

531

काठमाडौं / नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाउनु भएको छ ।

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाउनुभयो ।

विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको भन्दै घिसिङले पहिला प्राधिकरण चुसेकाहरुले सरकारबाट अनुदान लिएर प्राधिकरण नाफामा गएको भन्ने गलत हल्ला फैलाएको पनि दाबी गर्नुभयो ।

‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्, उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भन्नुभयो, ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’

नागरिकले आफूहरुको काम मुल्यांकन गरिरहेको भन्दै उहाँले प्राधिकरण नाफामा गएको नपचेको जनाउँदै प्राधिकरणका पाँचौ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध नभएका हल्ला फैलाएको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गर्ने जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here