वंशजको नागरिकता नदिन सर्वोच्चको आदेश खारेजको माग गर्दै प्रदर्शन

171

वीरगंज / जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता नदिन सर्वोच्च अदालतले गरेको आदेश विरुद्ध आज वीरगंजमा प्रदर्शन भएको छ ।

संघीय समाजवादी फोरम नेपाल वीरगंज नगरकमिटी अध्यक्ष ईश्वर यादवको नेतृत्वमा प्रदर्शन गरेका युवाहरुले सर्वोच्चको आदेश खारेजको माग गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन माग गरेका छन् । नागरिकताकै कारण मधेशी समुदाय विद्यालय भर्ना देखि सरकारी जागिरमा प्रवेश गर्नबाट बन्चित भएको उनको भनाई छ ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चले वैशाख ३ गतेका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here