काेराेनाबाट बच्न शरीरमा कीटनाशक झोल नछर्काैं, स्वास्थ्यका लागि हानिकारक : डा देवकोटा

223

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट जोगाउन भन्दै मानिसको शरीरका प्रयोग भइरहेको कीटनाशक झोलको प्रयोग हानिकारक भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कीटनाशक झोल मानिसको शरीरमा सिधै प्रयोग गर्न नहुने र यसले कोरोनाका किटाणु पनि नमार्ने जनाए ।

उनले भने,‘मानिसमा यस्ता कीटनाशक झोल प्रायः पानीमा मिसाइएको सोडियम हाइड्रोफ्लोराइड र घरेलु ब्लिच क्लोरिङको झोल हो। शरीरमा कोरोनाको भाइरस प्रवेश भइसकेपछि क्लोरिङ ब्लिच जस्ता डिसइन्फेक्टले यो भाइरसको नाश गर्दैन। त्यसको जथाभावि प्रयोग नगरौं।’

यो भाइरसको वृद्धिदर मानिसको शरीरका कोषभित्रहरुमा हुने भएले यस्ता कीटनाशक औषधि शरीरमा लगाउँदा वा छर्कदा आँखा, नाक र मुखमा हानी पुर्‍याउने र श्वासप्रश्वासमा समस्या  हुन सक्ने जनाए । उनले तोकिएको मापदण्ड पुर्‍याएर सही तरीकाले सही स्थानमा यस्तो झोल भुँई, सहत वा  सवारी साधनमा प्रयोग गरीएको खण्डमा निसंक्रमण गराउन मद्दत पुग्ने जनाए ।

‘कोरोना भाइरसको संक्रमण भाइरसबाट जोगिने मुख्य उपाय २० मिनेट मिचिमिचि हात धुने, लकडाउनको पालना गर्ने, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य मन्त्रालयबाट जारी गरिएका सन्दर्भसामग्री पालना गर्ने गरौं, शरीरमा कीटनाशक झोल छर्केर थप जोखिम नथपौं। यो झन घातक हुनसक्छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here