शिखरमै पुगेर स्केल राख्नु होला ! सगरमाथा नाप्न जाने नापी टोलीलाई प्रधानमन्त्रीको निर्देशन

227

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्ने तयारी गरिरहेका नापी विभागका प्राविधिक र र पर्वतारोहण ‘गाइड’सहितको टोलीलाई सही ढंगले नाप्न निर्देशन दिएका छन् ।

उचाई नाप्न सगरमाथातर्फ जान लागेको  टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा समारोहका साथ माला लगाएर बिदाई गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्वदेशी सर्भेयर प्राविधिक टोलीले मापन गरेको सगरमाथाको आधिकारिक उचाई हुने जनाउनुभयो । ‘सगरमाथाको उचाई विदेशका विभिन्न टोलीले विभिन्न पटक मापन गरे, त्यसरी नाप्दा उचाईसमेत फरक-फरक समेत आयो’ उहाँले भन्नुभयो, ‘उचाई नाप्न अब नेपाली टोली खटेको छ ,अब उप्रान्त यही टोलीले नापेको उचाई नै आधिकारिक मानिनेछ ।’

प्रधानमन्त्रीले टोलीलाई सगरमाथा यात्रा सजकताका साथ गर्न सुझाव दिनुभयो । ‘शिखरमै पुगेर स्केल राख्नु होला’ उहाँले भन्नुभयो, ‘जोखिम यात्रा गर्दै हुनुहुन्छ स्वास्थ्य र मौसमको ख्याल गर्नुहोला । मौसम प्रतिकूलता आइलागे अभियान त्याग्नु पर्ने अवस्थासमेत आउँछ । बिदाई समारोह पश्चात सगरमाथा मापन सर्भेयर टोली गन्तव्य तर्फ प्रस्थान गरेका छन् ।

पछिल्लो पटक सन् २००५ मा अमेरिकाले गरेको मापनले सगरमाथाको उचाई बढेर ८ हजार ८ सय ५० मिटर पुगेको बताएको थियो । २०७२ को भूकम्पपछि सगरमाथाको उचाई घटेको निराधार हल्ला चलेपछि भारतले पुन मापन गर्ने प्रस्ताव गरेको थियो । सगरमाथाको उचाई नेपाल आफैले मापन गर्ने भन्दै तर परराष्ट्र मन्त्रालयले स्वीकृति दिएन ।

सगरमाथा मापन गर्ने सर्भेयर टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । त्यसैगरी सर्भेयर टोलीलाई सघाउन छिरिङ जाङवु शेर्पा र पेमा हिमा शेर्पासहित ६ जनाको पवर्तारोही प्राविधिक टोली पनि परिचालन गरिएको छ । टोलीले ५० दिनमा सगरमाथाको उचाई मापन गर्ने र तथ्याङ्क विश्लेषण गर्न १० दिन लाग्ने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here