अफ्रिकी राष्ट्र सूडानमा सैन्य ‘कू’ गर्ने राष्ट्रपति पक्राउ

168

एजेन्सी तीन दशकसम्म सत्तामा रहने अफ्रिकी राष्ट्र सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । सुडानका रक्षामन्त्री अहमद अवाद इब औफले सरकारी समाचार च्यानलमा सेनाले दुई वर्षपछि चुनाव गराउने निश्चय गरेको बताएका छन् । साथै देशमा तीन महिनाको संकटकालको घोषणा गरिएको छ । सन् १९८९ देखि नै सूडानमा राज गरिरहेका बशीरविरुद्ध केही महिनादेखि लगातार प्रदर्शन भइरहेको थियो ।

रक्षामन्त्री इब स्वयम्ले बयानमा भनेका छन्, ‘एक रक्षामन्त्रीको हैसियतले म देशमा संकटकालको घोषणा गर्दछु र सरकारका मुखियालाई सुरक्षित स्थानमा हिरासतमा राखिएको छ ।’ उनले भने, ‘देश कुप्रबन्धन, भ्रष्टाचार र अन्यायको शिकार थियो ।’ उनले हत्या र हिंसाका लागि पनि माफी मागे ।

यसैबीच प्रदर्शनलाई संगठित गर्ने प्रमुख गुटले सैन्य कू पश्चात् पनि बिहिबार प्रदर्शन जारी राख्ने घोषणा गरेका छन् । यो खबर सार्वजनिक भएलगत्तै राजधानी खार्तूममा सेना मुख्यालयका अगाडि थुप्रै दिनदेखि प्रदर्शन गरिरहेको भीडमा खुसीको लहर छायो । मानिसहरुले सिपाहलाई अँगालो हाले र कवच राखिएको वाहनमा चढे । सरकारी एजेन्सी सूना नेका अनुसार सूडानको गुप्तचर एजेन्सीले उनीहरु सबै राजनीतिक बन्दीलाई रिहा गर्न लागेको बताएका छन् । इन्टनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले बशीरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि सूडानको पश्चिमी इलाका दारफुरमा युद्ध अपराधलाई संगठित गरेको र मानवाधिकारी उल्लंघन गरेको आरोप छ ।

बिहिबार बिहान खार्तूमस्थित रक्षामन्त्रालयको विशाल परिसरमा सेनाको गाडी आउन सुरु भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार यसै इलाकामा सेनाको मुख्यालय पनि छ र बशीरको नीजि निवास पनि ।

केहीबेर पछि सरकारी टिभी र रेडियो प्रसारण बन्द भयो र सेनाले एउटा सन्देश दिने घोषणा गर्यो ।
यसैबीच हज्जारौं प्रदर्शनकारीले खातूममा एक र्याली निकालेको छ जसमा नारा थियो – ‘सैन्य ‘कू’ भयो, हामीले जित्यौं ।’ प्रदर्शन गर्ने प्रमुख गुट सूडानीज प्रोफेशनल्स असोसिएशन (एसपीए) ले सैन्य कूविरुद्ध बयान दिएका छन् । बयानमा भनिएको छ, ‘सेनाले कूको घोषणा गरेको छ तर त्यसमा त्यही अनुहार र संस्था छन् जसविरुद्ध हाम्रा महान जनताले विद्रोहकामे बिगुल फुेकेका थिए ।’

एसपीएले प्रदर्शन जारी राख्ने घोषणा गरेको छ ।

को हुन् ओमर अल–बशीरः

एक पूर्व सेना अधिकारी ओमर अल बशीर सन् १९८९ मा सैन्य कू पश्चात् सत्तासिन भएका थिए । उनको शासनकालमा सूडानले भयंकर गृहयुद्ध झेल्यो । सन् २००५ मा दक्षिण् सुडानमा गृहयुद्ध समाप्त भयो र सन् २०११ मा यो एउटा नयाँ देश बन्यो ।

तर देशको पश्चिमी हिस्सा दारफुरमा अर्को एउटा गृहयुद्ध सुरु भयो । बशीरमाथि युद्ध अपराध गराएको आरोप लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here