काठमाडौं / एनआईसी एशिया क्यापिटलले नयाँबर्ष २०७६ लाई लक्षित गर्दै ‘एक नेपाली एक डिम्याट खाता’ योजना संचालन गर्ने भएको छ ।
एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि एक नेपाली, एक डिम्याट खाता अभियान संचालन गर्ने छ ।
क्यापिटलले सोहि अभियानलाई थप टेवा पुर्याउन २०७६ असार मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा समेत छुट गरिएकोे छ । क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चण्ट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सहयोग पुग्ने विस्वास लिएको छ ।

















