टिपर दुर्घटना : मोटरसाइकल चालकको मृत्यु भएपछि टिपरमा आगजनी

468

नुवाकोट / नुवाकोटमा बट्टारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन्। दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन्।

पासाङल्हामु मार्ग अन्तर्गत काठमाडौँ–त्रिशूली सडक खण्डको विदुर नगरपालिका वडा नं २ बट्टार भीमसेनमार्गस्थित सडकमा बिहान बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

टिपरले किच्दा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २२ वर्षीय दिवाकर खनालको घटनास्थलमै ज्यान गएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन्। गुप्ता मोटरसाइकल मिस्त्री हुन्। उनीहरु मोटरसाइकल मर्मत गर्न मालाकोटतर्फ जाँदै थिए।

दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। आक्रोशित भएका मानिसले टिपर चालकको लापरवाहीले दुर्घटना भएको जनाउँदै टिपरमा आगजनी गरिदिएका छन्।

पिपलटारबाट बट्टारतर्फ जाँदै गरेको टिपरले बट्टारबाट गंगटेतर्फ जाँदै गरेको मोटरसाइकललाई भीमसेनमार्गमा ठक्कर दिएको थियो। आगजनीबाट टिपर ध्वस्त भएको छ। नुवाकोट एक्सप्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here