तराईमा सिरुवा पर्वकाे बिदा दिईने

230

काठमाडौं / सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०७६ साल बैशाख २ गते सिरुवा पर्वका लागि झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए ।

तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि तीन दिन सम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here