सामाजिक सञ्जालमा युवतीहरुलाई ठगी गर्ने पक्राउ

78

काठमाडौं / सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने केशवराज भट्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भट्टले विभिन्न उच्च पदका अधिकृतहरुकाे फोटो आफैले बनाएको फेसबुकको फेक अकाउन्टमा राख्नुका साथै आफू उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भन्दै विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारेर रकम समेत लिई ठगी तथा चरित्र हत्या गरी अलपत्र पारेको भन्ने उजुरी महानगरीय अपराध महाशाखा टेकुमा प्राप्त भएपश्चात सो महाशाखाबाट खटिएको प्रहरीले भट्टलाई काठमाडौं गौशालामा फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here