भारतीय जेट एयरवेजद्वारा सबै अन्तर्राष्ट्रिय उडान स्थगित

208

काठमाडौं / भारतीय वायुसेवाप्रदायक जेट एयरवेजले काठमाडौं लगायत सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ। भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको थियो। बिबिसीका अनुहार उसले शुक्रबारदेखि सबैजसो अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ।

जेटले पछिल्लो समय दिल्ली(काठमाडौं दैनिक एक उडान गर्दै आएको थियो। उडान स्थगनबारे जेटको काठमाडौंस्थित कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन । तर विमानस्थल कार्यालयले यसबारे पुष्टि गरेको छ।

विमानस्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीका अनुसार जेटले आगामी मे ५ सम्मलाई उडान स्थगन गर्ने पत्र पठाएको छ। इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड भएका छन्।

एक सय बढी जहाजबाट दैनिक ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले अहिले १४ वटा जहाज मात्र उडाइरहेको थियो। भारतीय सिभिल एभिएसन नियमअनुसार अन्तर्राष्ट्रिय उडानका लागि दैनिक कम्तीमा २० जहाज उड्नुपर्छ। जेट एयरवेजसँग अहिले १४ वटा मात्र जहाज छन्। बिबिसीका अनुसार जेट एयरवेज एक अर्ब डलर ऋण बाँकी छ ।
कम्पनी आर्थिक व्यवस्थापनका कार्यमा खटिएका छन् । अन्तर्राष्ट्रिय उडान रोकिए पश्चात यात्रुमा पर्ने समस्या समाधानका लागि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि गरेको छ।

बिहीबार जेटका १० वटा जहाज ग्राउन्डेड भएको थियो । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका हुन्। जेटमा अहिले उनको परिवारको ५२ प्रतिशत सेयर हिस्सा छ। जेटमा कुल २३ हजार कर्मचारी रहेको बिबिसीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here