उपप्रधानमन्त्री र एडीबीका उपाध्यक्ष फातिमा एस्मिनबीच भेट

35

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन् ।

सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटका क्रममा एडीबीसँगको सहकार्यमा चलिरहेका आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको छ ।

मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमा एडीबीकोे ऋण सहयोगका आयोजना सञ्चालनमा छन् ।

उपप्रधानमन्त्री सिंह र उपाध्यक्ष फातिमाबीच मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र थप सहकार्यका विषयमा सकारात्मक छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here