स्पेनिस ला लिगा फुटबल बार्सिलोनाले गोलरहित बराबरी खेल्यो

378

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरी खेलेको छ । बार्सिलोना आफ्ना नियमित रोजाइका ६ जना खेलाडी बिना मैदानमा उत्रेको थियो । बार्सिलोनाका लियोनल मेस्सीसहितका खेलाडीलाई आउँदो मंगलबार हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगलाई ध्यानमा राखेर आराम दिइएको थियो । यस क्रममा बार्सिलोनाले हुएस्कासँगको खेलमा ४ खेलाडीलाई डेब्यू गराएको थियो। मेस्सीसँगै सर्जियो ब्सक्विट्स, लुइस स्वारेज, जेराड पिक, इभान राकितिक तथा सर्जी रोबोर्टोलाई सट्टामा मैदानमा डिफेन्डर जिन-क्लेयर तोटडिबो,जेपसन मुरिल्लो, मौसा वाग्यू तथा मिडफिल्डर रिक्यू पुइगलाई प्रवेश गराइएको थियो ।

त्यसैगरी ओउसमाने डोम्ब्ले तथा केभिन प्रिन्स बोडिङपनि मैदानमा उत्रेका थिए । बराबरी खेलेपछि शीर्षस्थानको बार्सिलोनाको ३२ खेलबाट ७४ जोडेको छ । लिग अन्तर्गत राति भएका अर्को खेलमा सेल्टा डी भिगोलाई २–० ले दोश्रो स्थानको एथ्लेटिको मड्रिडको ६५ अंक रहेको छ । साथै स्पानियोलले एलाभेसलाई २–१ तथा सेभिल्लाले रियल बेटिसलाई ३–२ ले पराजित गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here