दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय

142

काठमाडौं – नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारन्टीनमा अनिवार्य बस्नुपर्नेछ ।

कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारन्टीनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले  जनाए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here