काठमाडौं / अबको केही घण्टामा मुलुकले आगामी आर्थिक वर्षको २०७६/७७ आय व्यय (बजेट)को अनुमानित विवरण पाउनेछ ।
दुई तिहाइको सरकार (नेकपा)को दोस्रो बजेट हो । साँझ ४ बजे प्रस्तुत हुने बजेट अर्थमन्त्री डा.युवराज खतिवडाले सो बजेटलाई संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नेछन् । सबै नेपाली जनता बजेटको प्रतीक्षामा रहेका छन् ।
अर्थमन्त्री डा.युवराज खतिवडाले उनको यसअघिको बजेट चालु आर्थिक वर्ष २०७५/७६ का लागि उनले १३ खर्ब बराबरको बजेट प्रस्तुत गरेका थिए ।
नेपालमा बजेको इतिहास राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै सुरु भएको हो । वि.सं २००८ सालमा मुलुकले पहिलो बजेट पाएको थियो । सो बजेट सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए । त्यतिबेलाको बजेट जम्मा ५ करोड २५ लाख रुपैयाँको थियो । सवा ५ करोडबाट सुरु भएको बजेटको आकार पछिल्ला दिनमा बढ्दै गयो ।
आगामी बजेट झण्डै १६ खर्बको हाराहारीमा आउने अनुमान छ ।

















