काठमाडौं / मुग्लिङ सडक खण्ड केही दिनका लागि अवरुद्ध हुने भएको छ। निर्माण सम्पन्न भएको आर्क पुलका लागि बाटो तयार पार्न १५ दिनका लागि मुग्लिङ सडकखण्ड अवरुद्ध हुने भएको हो ।
सडक विभाग अन्तर्गतको मध्य सेक्टर नम्बर २ पुल योजनाले एक सूचना जारी गर्दै नयाँ पुलको दुवैतर्फ सडक कटिङ गरी तयार पार्नुपर्ने भएकाले जेठ १६ गते बिहीबारदेखि जेठ ३० गतेसम्म पुल अवरुद्ध हुने भएको हो।
देशमै आर्क प्रविधिको यो लामो पुल हो। चिनियाँ प्रविधिको बढी भार बहन गर्न सक्ने पुलको निर्माण र डिजाइनिङ स्वदेशी प्राविधिकले नै गरेका हुन्।
प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म पुल बन्द हुने भएको छ।


















