सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जा विधेयक दर्ता दर्ता

55

काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएका हुन्।

फेसबुक, टीकटक, युट्यूव, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको जनइएको छ।

नयाँ ऐनको आवश्यकताबारे विधेयकमा ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न उल्लेख छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here