बाल वाङ्मयको आयोजनामा दुई बाल कृति विमोचन

468

काठमाडौं । बाल साहित्य सर्जक एवं कवि शान्ति सापकोटाको दुई बाल कृति भर्खरै विमोचन भएको छ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको जुम भर्चुअल कार्यक्रममार्फत दुई कृतिको विमोचन भएको हो।

विमोचन भएका कृतिमा बाल कथा सङ्ग्रह ‘सिमसारको शङ्खे’ र बाल कविता सङ्ग्रह ‘धरतीकी रानी’ छन्। धरतीकी रानीमाथि कवि एवं लमजुङस्थित क्याम्पसका प्रमुख रमेशचन्द्र घिमिरेले समीक्षा गरेका थिए भने सिमसारको शङ्खेमाथि नेत्र तामाङले।

धरतीकी रानीमा १८ कविता छन्। रविन्द्र मानन्धरको चित्र रहेको यस किताब रंगीन रहेको छ। ४० पृष्ठको किताबको मुल्य २५० रुपैयाँ तोकिएको छ।

सिमसारको शङ्खेमा ५ कथा छन्। यसमा कीर्तिकिशोर जोशीका चित्र छन्। ३२ पृष्ठको कथाको किताबको मुल्य १५० रुपैयाँ तोकिएको छ। सापकोटाको यसअघि चितुवालाई झ्याइकुटी, नारायणीपारी, लुसीको मायासहित बाल कथा संग्रह प्रकाशित छन्। त्यसैगरी दुई बाल चित्र पुस्तक पनि र सिसृक्षा, रहस्यजस्ता छन्द कविता संग्रह प्रकाशन भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here