गुल्मीमा सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग

74

गुल्मी । गुल्मी जिल्ला समाज यूकेले गुल्मीका विभिन्न कार्यालयलाई सर्जिकल मास्कसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि गुल्मी जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका, अस्पताल, पत्रकार सुरक्षा निकायलाई लक्षित गरी स्वास्थ्य सामग्रीअन्तर्गत गुणस्तरीय सर्जिकल मास्क सहयोग गरेको हो ।

समाज गुल्मीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई एक कार्यक्रमका बीच झन्डै ४ लाख सर्जिकल मास्क सहयोग गरेको छ । प्रशासनमा प्रदान गरिएका मास्क २ सय ५२ कार्टुन रहेका छन् । स्वास्थ्य सामग्री सहयोग गर्न गुल्मेली सहयोगी हातहरुले समन्वय गरेका थिए । जिल्लामा कोरोनाको पहिलो लहरदेखि नै कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने गुल्मी जिल्ला यूके समाजका अध्यक्ष लीलामणि खरेलले बताउनुभयो । यूके समाजमार्फत प्रदान भएको सामग्री सम्पूर्ण पालिकामा स्वास्थ्य संस्था, सुरक्षा निकाय, पत्रकार र जनतासामु पुग्ने गरी वितरण गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुहुन्छ ।

कोरोना रोकथामका लागि गरेको स्वास्थ्य सामग्रीप्रति युके समाजलाई प्रमुख जिल्ला अधिकारी शर्माले धन्यवादसमेत दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here