इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले हडर्सफिल्डलाई हरायो

56

लुकास मौराको हृयाट्रिकको मदतमा टोटनहृयामले रेलिगेशनमा परेको हडर्सफिल्डलाई हराउन सफल भएको छ । शनिबार भएको खेलमा टोटनहृयामले हडर्सफिल्डलाई ४-० गोल अन्तरको जित निकालेको छ । खेलको २४ औं मिनेटमा भिक्टर वान्यामाले गोल गरेको थियो । खेलको चार मिनेटपछि नै लुकास मौराले गोल गरेको थियो । बाँकी दुई गोल भने दोस्रो हाफको अन्त्यतिर भयो ।

खेलको ८७ औं मिनेटमा दोस्रो गोल गरेका मौराले इन्जुरी टाइममा हृयाट्रिक पुरा गरे । यस जितबाट टोटनहृयाम ३३ खेलबाट ६७ अंकका साथ प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने रेलिगेशनमा परिसकेको हडर्सफिल्डको ३४ खेलबाट १४ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here