बाह्र फिल्मलाई प्रदान गरिने भयो ‘ब्लकबस्टर अवार्ड’

116

गत चैत २८ गते बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गर्न लागेको ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा फिल्म, फिल्मकर्मी र पत्रकारलाई एकसाथ सम्मान गरिने भएको छ । यस वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये एक दर्जन फिल्मलाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

बक्स अफिस फिल्म क्लब नेपालका आर.के सुवेदीले ‘लिलिबिली’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘बबी’, ‘नाइँ नभन्नू ल ५’, ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘भैरेु, ुरामकहानी’, ‘चंगा चेटु, ‘प्रसादु’, क्याप्टेन’ गरि बाह्र फिल्मका निर्मातालाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिन लागेको जानकारी दिए ।

यस कार्यक्रममा माथि उल्लेखित फिल्मका निर्माताहरु गोविन्द शाही, दीपकराज गिरी, अशोक शर्मा, मिलन चाम्स, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसीलाई ‘ब्लकबस्टर फिल्म अवार्ड २०७५’ बाट सम्मान गरिनेछ ।

विगत लामो समयदेखि फिल्म पत्रकारितामा सक्रिय तीन पत्रकारलाई ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’ बाट पनि सम्मान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिनु भयो । राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सगरमाथा तथा इण्डिजिनियस टेलिभिजनमा आबद्ध महिला पत्रकार सवी कार्कीलाई पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here