काठमाडाैं । विश्व नेवाः दिवसको अवसरमा हिजो बसन्तपुर डबलीमा नेपाल राष्ट्रिय खड्गी समाजद्वारा नाय् खिं बाजा प्रदर्शन गरिएकाे छ ।
विश्वभरका नेवार समुदायहरूलाइ एकता गर्ने उद्वेश्यले अायाेजित कार्यक्रमा नेवाः नृत्य लगायत नेवार समुदायकाे परम्परागत मौलिक बाजा नाय्खि बाजां बजाएर प्रदर्शन गरिएकाे कार्यक्रममा भेषभुषा लगायतको प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेशका पुर्व उपमयेर एवम् सांसद हरिप्रभा खड्गी श्रेष्ठ, समिता खड्गी श्रेष्ठ, सरिता खड्गी अतिथिकाे रूपमा पाल्नु भएको थियो ।
फोटो …बिक्रम खड्गी




















