बिस्केट जात्रामा १०८ बत्ति बालेर घरबाट बाटो नाप्ने परम्परा

247

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोटमा आज आइतबारदेखि धुमधामसँग बिस्केट जात्रा सुरु भएको छ। बैशाख १ र २ गते सोमबारसम्म सञ्चालन हुने जात्रा बिशेषतः नेवार समुदायले मनाउने जात्रामा अन्य समुदाय पनि सहभागी हुँदै आएका छन् । दधिकोट क्षेत्रको चरखण्डी तीर्थस्थलमा बिहानैदेखि रमझम गरिन्छ । भक्तजन त्यहाँ नुहाएर देवदेवीको दर्शन गरने परम्परा रहेको छ । चारखण्डीमा बिस्केटका दुइटा रथ राखिएको छ । रथभित्र कुमारी, गणेश र भैरवका मूर्ति छन् । श्रेष्ठ र मानन्धर गुठीका रथ पकाण्डोलबाट ल्याइने गरिन्छ । नेवार समुदाय सिन्दुरे जात्रा गर्दै धिमे र बाँसुरी बादनमा मस्त छ । जात्रा विसं १९६१ वैशाख १ देखि जात्रा मनाउन थालिएको हो । थिमीका नेवार समुदाय पकाण्डोलमा बस्न थालेपछि बिस्काः जात्रा मनाउन थालिएको हो ।बैशाख २ गते गाउँमा रथ परिक्रमा गरिन्छ । जात्राकै अवसरमा घरबाट बाटो नाप्दै तीर्थस्थलमा शरीरमाथि १०८ बत्ति बाल्ने चलन रहेको छ। यसबर्ष स्थानीयबासिन्दा १९ वर्षे रोहित श्रेष्ठले यो काम गरेका हुन् । संस्कृति बचाउन तथा मनोकांक्षा पुरा होस् भनेर बत्ति बालिएको रोहितले धारणा राख्नु भयो । उनको शरीरमाथि डेढ घन्टासम्म दियो बालिएको थियो । उनी श्रद्धा इन्स्टिच्यूट अफ हेल्थ साइन्स थिमीमा फार्मेसी डिप्लोमामा अध्ययनरत विद्यार्थी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here