इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

137

लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ । हिजो आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा पराजित गर्न सफल भएको थियो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरेका थिए ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेता पनि लिभरपुलले दोस्रो हाफमा मात्रै दुई गोल गर्न सफल भयो । चेल्सीले भने पाएको अवसरलाई पनि सदुपयोग गर्न सकेन । खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै सलाहले गोल गर्दै २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले चेल्सीलाई २–० गोलको जिताउन सफल भयो । यो जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । पराजित चेल्सीको भने समान खेलबाट ६६ अंक कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here