काठमाडौ, केही दिन यता वार्षासँग धामल धुमलको रहेको मौसम खुल्न अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार सोमबार पनि देशका पूर्वी तथा मध्य भू भाग लगायत पश्चिमका पहाडी भु भागमा आंशिक देखि सामान्य बदली हुने छ । अन्य भू भागमा मौसम सफा नै रहने छ । पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी पहाडी क्षेत्रमा केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति देशका पूर्वी र मध्य पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली र बांकि क्षेत्रमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य पहाडी क्षेत्रमा र पश्चिमि पहाडी क्षेत्रका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
मंगलबार पनि देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि क्षेत्रका केहि स्थान र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावाना रहेको छ ।
मंगलबार राती देशका पश्चिमि क्षेत्रमा सामान्य देखि पुर्ण बदलि र बाँकि क्षेत्रमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि क्षेत्रका धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावाना रहेको छ ।
बुधबार दिउँसो देशै भरि सामान्य देखि पुर्ण बदली रहने र केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावाना रहेको छ ।
बुधबार राती देशै भरि सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावाना पनि रहेको छ ।


















