भुस्याहा कुकुरलाई खानेकुरा खुवाएको आरोपमा पौने ६ लाख जरिवाना

187

कतिपय मानिसहरुमा जनावरहरुलाई खाना खुवाउने शौख नै रहेको हुन्छ । जनावरलाई माया गर्नेहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् । तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई झण्डै पौने ६ लाख रुपैयाँ बराबरको जरिवाना भएको छ । यो घटना भारतको मुम्बइस्थित कान्दीवालीको हो । स्थानीय निसर्ग हेभेन सोसाइटी परिसरमा भुस्याहा कुकुरलाई खानेकुरा खुवाएको आरोपमा सोसाइटीले नेहा देतवानी नामकी महिलामाथि ३ लाख ६० हजार भारु जरिवाना लगाएको हो । उक्त सोसाइटीका अध्यक्षका अनुसार समाजको बैठकमा ९८ प्रतिशतले उक्त सजाय पारित गरेको छ । परिसरभित्र कुकुरलाई खानेकुरा खुवाउँदा कुकुरहरु वृद्धवृद्धा, बालबालिका तथा अन्य मानिसहरुप्रति बढी आक्रामक भएर भुक्ने तथा त्यस ठाउँमा बढी फोहोर हुने ठहर समाजले गरेको छ ।

सजाय पाएकी महिला नेहाका अनुसार उनलाई कुकुरलाई खाना खुवाएको आरोपमा दिनहुँ २५ सय भारु जरिवाना गरिएको रहेछ । मार्च महिलासम्मको जरिवाना रकम ३ लाख ६० हजारको बिल भुक्तानीका लागि भन्दै आएपछि उनी झसँग भइन् । आफुले खाना खुवाएका कुकुरहरु भुस्याहा कुकुर नभै त्यहीँ परिसरमा जन्मिएका कुकुरहरु भएको र आफुले मानवीयताको हिसाबले त्यस्तो काम गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here