अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधन

86

काठमाडौं /  पत्रकारिता जगतका अग्रज पत्रकार तथा कामना प्रकाशन समूहका संस्थापक पुष्करलाल श्रेष्ठको आज बिहान पौने १२ बजे निधन भएको छ ।

नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक समेत रहेका पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा  निधन भएको हो ।

श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ देखि ३ बजेसम्म भूगोल पार्कमा राखिने परिवारका सदस्यले जनाएका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here