नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किए

24

काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन्।

उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन्।

२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरे।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो। तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन्।

उनले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

पाँच बुँदे सहमतिपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ।

यस्तो छ पाँच बुँदे सहमति:

 

494573364_683753047893058_3246448232188593239_n_blAt3aGcFy-1748246348.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here