तिनदिन सम्म हावाहुरी वर्षा, सतर्क रहन विभागको आग्रह

194
काठमाडौं –केहि दिनदेखि मौसममा आएको खराबी आज पनि जारी नै रहने भएको छ। उपत्यका सहित देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमवीद्ले जानएकाेे छ।

बँगालको खाँडीबाट जलवाष्पयुक्त हावा र पश्चिमी वायू निक्कै सकृयपूर्वक नेपाल प्रवेश गरेकाले मौसममा गड्बडी भएको हो।

यो क्रम बुधबारदेखि शुक्रबार सम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान  ले जनाएको छ।

विभागकाे विज्ञप्ति

जारी मिति : बैशाख ०४ गते (बुधबार) बिहान ६:०० बजे

बैशाख ०४ गते (बुधबार):

दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ |उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०५ गते (बिहिबार):

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

बैशाख ०६ गते (शुक्रबार):

दिउँसोः देशका पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागहरुमा आंशिक बदलि रहनेछ। पश्चिमी भु-भागका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु-भागमा सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here