शास्त्रका अनुसार साँझको समयलाई विशेष समय भनिन्छ । साँझको समयलाई धार्मिक मान्यता अनुसार पनि निकै महत्वपूर्ण मानिन्छ । साँझमा पुजा आजा लगाएतका काम गर्नका लागि उपयुक्त समय मानिन्छ तर केही यस्ता कामहरु छन्, जसलाई साँझमा गर्दा लक्ष्मीले घर छोडने र दरिद्राको अवस्था आउने मान्यता रहेको छ । साँझको समयमा गर्न नहुने आठ वटा कामहरु यस प्रकार रहेका छन् ।
साँझमा तुलसीमा जल चढाउनु हुँदैनः
साँझको समयमा तुलसीको बोट नजिकै दिप बाल्नु उपयुक्त हुन्छ तर साँझमा जल चढाउँदा वा तुलसलाई छुँदा पनि दरिद्रताले सताउने हुन्छ ।
साँझमा झाडु लगाउनु हुँदैनः
साँझको समयमा झाडु लगाउन नहुने शास्त्रमा उल्लेख गरेको छ । साँझमा झाडु लगाउँदा घरबाट सकारात्मक उर्जा बाहिर जाने मान्यता रहेको छ ।
स्त्रीको अपमान नगरौँः
साँझको समयमा कुनै पनि अवस्थामा स्त्रीको अपमान गर्नुहुँदैन । साँझमा स्त्रीलाई अपमान गर्दा पाप हुने र लक्ष्मी रिसाउने मान्यता रहेको छ ।
अरुको गलत कुरा र चाप्लुसी नगरौँः
साँझको समयमा अरुका बारेमा अनावश्यक कुरा र चाप्लुसी गर्नाले सुख नमिल्ने र इज्जतमा दाग लाग्ने हुन्छ । त्यसैले साँझमा सधै सकारात्मक सोच्नुपर्छ ।
क्रोध नगर्नुहोसः
साँझको समयमा रिसाउने तथा क्रोध गर्नाले घरमा भगवानको बास नहुने बताइन्छ । क्रोध गर्नाले घरमा अशान्ति हुने र लक्ष्मीके कृपा पनि नमिल्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।
साँझमा नसुतौँः
साँझको समयमा सुत्नाले स्वास्थ्यमा असर गर्ने धार्मिक मान्यता रहको छ । विरामी तथा वृद्धहरुसमेत साँझको समयमा उठेर आराम गर्ने गर्छन् ।
साँझमा यौन सम्बन्ध बनाउनु हुँदैनः
मानिससँग प्रेम साटन र यौन सम्बन्ध बनाउनका लागि रातको समय प्रयाप्त हुन्छ । त्यस्तैले साँझको समयमा यस्तो कार्य गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । साँझमा यौन सम्बन्ध बनाउँदा शरीरको पवित्रता नष्ट हुने मान्यता रहेको छ ।
नशा नगरौँः
साँझको समयमा नशा गर्नुबाट जोगिनुपर्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । घरमा शान्ति र लक्ष्मीको बासका लागि साँझमा पुजा पाठ गर्नु उपयुक्त हुन्छ । त्यसैले साँझमा नशा गर्नबाट जोगिनुपर्ने मान्यता रहेको छ ।


















