स्कुटर चोरी गर्ने पक्राउ

404

भक्तपुर / बा. ५७ प ५४५२ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने रोशन दुलाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख २ गते भक्तपुर बोडेबाट उक्त स्कुटर चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका(२ बाट उनलाई उक्त स्कुटर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here