प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा

155

एजेन्सी / टोटनहृयामलाई संघर्षपूर्ण जित निकाल्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।
टोटनहृयामले च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै घर पठाएको केही दिनपछि सिटीले उसलाई १-० ले हराउन सफल भयो । इत्तेहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाँचौं मिनेटमा नै १८ वर्षका फिल फोडिनले पहिलो गोल गरेका थिए । च्याम्पियन्स लिगको निकै प्रतिस्पर्धात्मक खेलमा सिटी ४-३ ले ले विजयी हासिल गरेता पनि, अवे गोलका आधारमा टोटनहृयाम सेमिफाइनलको पुग्न सफल भयो । शनिबारको खेलमा सोचे जस्तो भएन । सिटीका गोलरक्षक इडर्सनले सन हेङ मिन, क्रिस्टियन इरिक्सन र लुकास मौराको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए ।

जितमा चार खेल बाँकी रहँदा सिटीको ८६ अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ८५ अंक छ । तेस्रो स्थानमा रहेको टोटनहृयाजको समान खेलबाट ६७ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here