काठमाडौं – पोखराका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई रिहा गरेको हो।
पत्रकार गिरीको तर्फबाट बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु, स्वागत नेपाल, भक्तिराम घिमिरे, मानबहादुर लामिछानेले बहस गरेका थिए।
पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले केही दिनअगाडि ठगीसम्बन्धी लेखेको समाचारलाई आधार बनाएर बतासले सिआइबीमा गिरिविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए।

















