सुत्केरीलाई नगरपालिकाको भत्ता

187

कावासोती / नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ ।

‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु तीन हजार प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

‘हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई समेटेका थियौँ’, नगर प्रमुख पौडेलले भन्नुभयो, ‘यसलाई कार्यान्वयनको प्रक्रियामा लाने निर्णय गरेका छौँ ।’ नगरपालिका प्रमुख पौडेलका अनुसार सुत्केरी भत्ता लिनका लागि पितौजिघाट स्वास्थ्य चौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी भएको हुनुपर्नेछ ।

सुत्केरी भत्तालाई भत्ताका रुपमा मात्रभन्दा पनि सबैले सुरक्षितरुपमा स्वास्थ्य स्वास्थ्य संस्थामा बच्चा जन्माउन भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पौडेलले जनाउनुभयो ।

साथै नगरपालिकाले तोकेका स्वास्थ्य संस्थाले उपचारका लागि अन्यत्र सिफारिश गरेमा सुविधा प्राप्त गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here