-राज्यलक्ष्मी शाक्य
नेपाल दक्षिणतर्फबाट खुला सिमानाका कारण संकटमा परिरहेको छ । संकटका अनेक आयामहरु देखिन्छन् । खुला सिमानाका कारण सिमाना जोडिएका देशबाट नेपाल भित्रिने जो कोहीलाई सहज हुने गर्दछ । भारतसंगको खुला सिमानाका कारण नेपाली तथा भारतीयहरु नेपालको सिमानामा आवत जावत गर्न पाइरहेका छन् । नेपालको खुला सिमानाका कारण दिनहुँ विभिन्न घटनाहरु पनि बढ्दै गएका छन् । खुला सिमानाका कारण सिमाना वरपरका बासिन्दाहरु सधैं घटनाका सिकार बन्ने गरेका पाइन्छन् । प्राकृतिक सुन्दरताले सुन्दर मानिने नेपालमा पर्यटकहरु आकर्षित हुनु स्वाभाविक हो । भौगोलिक बनावटका कारण पनि पर्यटनमार्फत नेपाल आउने पर्यटकहरुको संख्या बढ्दै गएको पाइन्छ ।
विशेष गरी नेपालमा ७ वटा नाकाबाट पर्यटक आउने गरेको अध्यागमन विभागले जनाएको छ । धेरै पर्यटक यस्तै विभिन्न नाकाहरु प्रयोग गरेर नेपाल आउने क्रम बढ्दै गएको पाइन्छ । सन् २०१८ मा मात्रै करिब १२ लाख पर्यटक भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । नेपालको अर्थिक विकास पर्यटकीय विकासले सम्भव हुने हुँदा नै नेपालमा पर्यटकीय आगमनको वातावरण बनाउन नेपाल सरकारले योजनाहरु बनाइरहने गरेको पाइन्छ । तर खुला सिमानाका कारण नेपालमा विदेशीहरुको आगमन सहज बन्दै गएकोबेला पर्यटक सबै घुम्नका लागि आउने गरेका छन् भनेर ढुक्क हुने अवस्था छैन । पर्यटकको नाममा विदेशीहरु आपराधीक गतिविधि पनि गरिरहेका पाइन्छन् । आपराधिक गतिविधिका लागि नेपाललाई सुरक्षित ठाउँ ठानेर नेपालको सीमा प्रयोग गर्ने गरेको पनि पाइन्छ ।
भर्खरै मात्र सञ्चार माध्यममा नेपालको कारागारमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका झन्डै ११ सय विदेशी कैदीबन्दी रहेको खुलासा भएको छ । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको रेकर्ड राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले चार सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्यांकले देखाएको छ । कारागारमा रहेका विदेशीमाथि झन्डै ३९ वटा फरक–फरक मुद्दामा सजाय भोगिरहेका छन् । यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भूटानलगायत ३१ मुलुकका नागरिक रहेका छन् । यी मध्ये सबैभन्दा बढी तीन सय ७३ जना भारतीय नागरिक रहेका छन् । बाँकी मध्ये पाकिस्तानी १८, भूटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका २ जना कारागारमा रहेको विवरण सार्वजनिक भएको छ । यसैबाट पुष्टि हुन्छ कि नेपालमा विदेशी पर्यटकहरु नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र नभइ आपराधिक मनस्थिति समेत बनाएर नेपाल आउन थालेका छन् ।
सरकारी तथ्यांकले देखाए अनुसार घुम्न आउने विदेशीहरू घुम्नमात्र नभइ अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुने हुँदा नेपाललाई अपराधिक गतिविधिका लागि प्रयोग गर्ने गरेका छन् । पर्यटक भिषा लिएर आपराधिक काम गर्नकै लागि विदेशीहरु नेपाल आउने गरेका छन् । पर्यटकका लागि अनअराइभल भिषा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सहज वातावरण बनेको छ । केही विदेशीहरु घुम्ने बहानामा आएर अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, बाल यौन दुराचार लगायतका गतिविधिमा संलग्न भएको पाइएको छ ।
नेपालमा लागूऔधष कारोबार गर्ने मनसाय राखेर आउने गरेका विदेशीहरुको बिगबिगि नै रहेको पाइन्छ । दिनहुँ विदेशी नागरिक लागू औषध कारोबारमा पक्राउ परिरहेका पाइन्छन् । लागू औषधमा मात्रै एक सय ९४ जना विदेशी नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । जबरजस्ती करणी उद्योगमा ५१, कर्तव्य ज्यानमा २६, मानव बेचबिखनमा १६, हतियार खरखजनामा १२, खोटाचलनमा १४ जना विदेशीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्यांकमा उल्लेख छ । अपहरण, अप्राकृतिक मैथुन, अवैध भारु कारोबार, चोरी, ठगी, महिला बेचबिखन, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र सार्वजनिक अपराधमा समेत विदेशी नागरिकले कैद भुक्तान गरिरहेको विवरणमा उल्लेख भएको पाइएको छ ।
यसैबीच नेपाल भित्रने र बाहिरिने विदेशी नागरिकको विस्तृत अभिलेखसमेत नरहेको रहस्य अध्यागमन विभागले खुलासा गरेको छ । यो झनै दूर्भाग्यपूर्ण पक्ष हो । कतिपय विदेशीको सम्बन्ध अन्तर्रा्ष्ट्रिय आपराधिक गिरोहसँग समेत देखिएको छ । अन्तर्रा्ष्ट्रिय आपराधिक गिरोहका गतिविधिलाई स्थापित गराउनसमेत केही विदेशी पर्यटकको भेषमा नेपाल आउने गरेको पाइएको छ । गृह मन्त्रालयले गत वर्ष धेरै रस्साकस्सीबीच विदेशी नागरिक अनुगमन निर्दे्शिका मन्त्रीस्तरीय निर्णयबाट पारित ग¥यो । तर निर्दे्शिका कार्यान्वयन शून्य छ । निर्दे्शिका कार्यान्वयन नहुनु, विदेशीका गतिविधिलाई ट्र्या्किङ गर्न नसक्नु र जथाभाबी अनअराइभल भिषा सुविधा दिनु लगायत कानुन कार्यान्वयनको कमजोर पक्षको फाइदा उठाउँदै विदेशीहरु आपराधिक गतिविधिमा संलग्न भएका छन् ।
नेपाललाई अपराधिक गतिविधि गर्न मुख्य थलोको रुपमा प्रयोग गरिरहेकोमा नेपालले पर्यटकको नाममा आउने विदेशीहरुको प्रस्थान र आगमनबाहेक विदेशीका अन्य गतिविधितर्फ ध्यान पु¥याएको पाइँदैन । विदेशीको अनुगमन गर्न न गृह मन्त्रालय गम्भीर छ न अध्यागमन विभागले नै गम्भिरताका साथ यो विषयबारे चासो देखाएको छ । पर्यटकीय क्षेत्रका रुपमा चर्चित ठाउँहरु काठमाडौंको ठमेल, कास्कीको पोखरा, चितवनको सफारी लगायत स्थानमा ओभर स्टे रहेका कतिपय विदेशीहरुले अवैध काम गर्दै आएका पाइन्छन् । विदेशी नागरिकमाथि निगरानी गर्ने कानुनी व्यवस्था समेत अस्पष्ट भएको गुनासो सुन्ने गरिन्छ । त्यसैले पनि आपराधिक गतिविधि गर्ने विदेशीको संख्या बढ्दै गएको हुन सक्छ । कर्तव्यज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाहरु अदालतमा चाङ लागेका छन् । अध्यागमन विभागले अहिले बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली तयार गरेर कार्यान्वयनमा ल्याउने खुलासा गरेको छ । तर यसको प्रभावकारिता कस्तो हुने हो ? अहिले यसै भन्न सकिने अवस्था छैन ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक घोषणा भएको छ । साहसिक पर्यटनको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने र गुणस्तरीय पर्यटक भित्रयाउने सरकारको लक्ष्य रहेको यस भ्रमण वर्षले कतै देशमा विदेशी अपराधीको संख्या बढउने र अपराध बढाउने मात्र त होइन ? यो गम्भीर विषयबारे सरकारले ध्यान पु¥याउनु जरुरी छ । [email protected]जनधारणा साप्ताहिक

















