हाँसीहाँसी जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै । हाासेर जिन्दगी जिउन पाउने भाग्यमानीहरू कमै हुन्छन् किनकी यो दुनियामा एउटा न एउटा दु:ख नहुने मानिस को होला र ? तर साधै दु:खी बनेर पनि त भएन ।
हाास्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ भन्ने वैज्ञानिक तथ्यलाई समेत कदर गर्दै हाास्नु त पर्यो नै । एक अध्ययनले भने मानिस औषतमा एक दिनमा १५ पटक हाास्ने देखाएको छ । मानव शरीरको विषयमा केही रोचक तथ्यहरू यस्ता छन्:–
– मानव शरीरभित्र तथा बाहिरै पनि असंख्य जिवाणुहरू हुन्छन् । जसको वजन मानिसको सरीरको कुल वजनको १० प्रतिशत हुन्छ ।
– हरेक दिन औषतमा ६० वटा कपालका रौा झर्दछन् ।
– मानव मस्तिष्कमा ८० प्रतिशत पानी हुन्छ ।
–मधुमेहबाट विश्वमा प्रत्येक मिनेटमा ६ जनाको ज्यान जान्छ यस अनुसार विश्वमा मधुमहेका कारण वर्षेनी ३२ लाख जनाले ज्यान गुमाउँछन् ।
– पुरुषको सरीरमा कुल वजनको ३५ प्रतिशत तथा महिलाको सरीरमा ३५ प्रतिशत भन्दा कम बोसो हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
– बच्चा जन्मिादा उसको टाउकोको लम्बाइ सरीरको कुल लम्बाइको एक चौथाइ हुन्छ । मानिस २५ वर्षको हुादा टाउकोको लम्बाइ सरीरको कुल लम्बाइको ८ भागको एक भाग हुन्छ ।
– रगतको एक थोपामा २५ करोड रक्तकोषिका हुन्छन् ।
– गर्भावस्थामा गर्भ रहेको तीन महिनामै बच्चाको औालामा औाठाछाप बस्दछन् ।
– कपाल हरेक दिन ०.३ देखि ०.५ मिलिमिटर बढ्दछ । अर्थात् एक महिनामा १ देखि डेढ सेमी र एक वर्षमा १२ देखि १५ सेमी बढ्दछ ।
– एक स्वस्थ कलेजोले एक दिनमा ७२० लिटर रगत प्रशोधन गर्दछ ।
– मानव सरीरमा झण्डै २ लाख तापसूचक सेन्सर तथा ५ लाख स्पर्श सुचक सेन्सर हुन्छन् ।


















