वाइडबडी खरीद प्रकरणमा संलग्न पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई सात दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

208

काठमाडौं /  वाइडबडी जहाज खरीद प्रकरणमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।

नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज खरिदमा अनियमितता भएको उजुरी अख्तियारमा परेपछि जहाज खरीद प्रकरणमा संलग्न भएका पाँच कम्पनीहरुलाई आयोगले सार्वजनिक सूचनामार्फत सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको हो । अन्तर्राष्ट्रिय कम्पनीहरुमा एएआर इन्टरनेसनल आईएनसी उड डेल, जर्मन एभिएसन क्यापिटल जीएमबीएम फ्याङफर्ट जर्मनी, हाइ फ्लाई ट्रान्सपोर्ट एरोस एसए (हाइ फ्लाई एयरलाईन्स पोर्चुगल) र नर्टन रोज फुलब्राइट एलएलपी जर्मनीका प्रतिनिधिलाई बेलाइएको जनाइएको छ ।

निगमले २०७५ को असार र साउनमा युरोपेली कम्पनी एयरबसका दुई वटा जहाज २४ अर्ब रुपैयाँमा हाईफ्लाई एक्स नामक कम्पनीबाट खरिद गरेको थियो ।

ए ३३०–२०० जहाज खरिदो विषयमा परेको उजुरुका आधारमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ बमोजिम यो सूचना प्रकाशित गरेको हो। वाइडबडी जहाज खरिद प्रक्ररणमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पनि छानबिन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here