संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर राप्रपाले जलाएपछि….

194

दाङ  /  राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको छ ।

राप्रपाको केन्द्रीय बिरोध कार्यक्रम अन्तर्गत शुक्रबारदाङको तुलसीपुर र लमहीमा संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको केन्द्रीय सदस्य तेजबहादुर बस्नेतले जानकारी दिए ।

हिन्दू राष्ट्र र राजतन्त्र पक्षधर राप्रपाले ब्यानर जलाउदा ‘संघीयता चाहिदैन, हिन्दू राष्ट्र नेपाल घोषणा गर’ भन्ने नारासमेत लगाइएको थियो ।
राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् ।

हिन्दु राष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको राप्रपा पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here