खानपानमा बढी प्रयोग हुने ज्वानोको फाइदा

849

ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं। स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन्। ज्वनो एक फाइदाजनक र गुणकारी मसला हो।  ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ। जुन हाम्रो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ।

आयुर्वेदका अनुसार ज्वनोले पाचनलाई राम्रो बनाउँछ। यसको सेवनले पेट वा छाँती दुखाई बाट छुटकारा पाउनुका साथै खोकी लाग्नबाट बचाउँछ। यसका साथै जिउ चिलाउने, डकार आउने, पिसाब रोक्ने र पत्थरी जस्ता बिमारीहरुबाट छुटकारा पाउन मद्धत गर्छ।

आयुर्वेदका अनुसार पाचक औषधीहरुमध्ये ज्वानो एक महत्वपूर्ण र प्रभावकारी औषधी हो। ज्वनोले सयौँ किसिमका अन्नलाई पचाउन सहयोग गर्छ।

– यदि तपाइँको पेट खराब भएको छ भने ज्वनोलाई चपाई चपाई खानुहोस् र एक गिलास तातो पानी पिउनुहोस्। पे टमा किरा छ भने थोरै बिरेनुन (कालो नुन) सँग यसको सेवन गर्नुहोस् र एक गिलास मन तातो पानी पिउनुहोस्। पाचन प्रक्रियामा कुनै किसिमको गढबढी भएमा ज्वनोको पानी सेवन गर्दा एकदम फाइदा हुन्छ।

– ज्वनोले तौल घटाउन सहयोग गर्छ। एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउनुहोस्। बिहान उठेपछी यो पानीलाई छानेर पिउनुहोस्। यसको लगातार सेवन गर्नाले मोटोपनबाट छुटकारा पाउँछ।

– दाँतको गिजा सुन्निने वा दुख्ने जस्ता समस्या छ भने मन तातो पानीमा केहि थोपा ज्वनोको तेल मिसाएर मुख कुल्ला गर्नु होस्। यसले सुन्निने वा दुखेको समस्या कम गर्छ।

– ज्वनोले खोकीलाई ठिक गर्छ। यदि तपाइँलाई खोकी लागेको छ भने ज्वनोको रसमा दुई चिम्टी कालो नुन मिसाएर यसको सेवन गर्नुहोस् र यसपछी तातो पानी पिउनुहोस्। यसले खोकीलाई ठिक गर्छ।

– रुघा र ज्वरोलाई हटाउनको लागि ज्वनो एक अचुक औषधी हो।

त्यस्तै यदि चिसो लागेको छ भने ज्वनो चपाएर पानीका साथ निल्नुहोस्। यसले एकदम राहत मिल्छ।यसरी ज्वनोको सेवनले ग्यास, कब्जियत, एसीडीटि जस्ता समस्यालाई दुर गर्ने देखि पेट सफा गर्न र मोटोपन घटाउन सम्म मद्धत गर्छ।

ज्वनोको पानी बनाउने विधिस् एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउने। बिहान उठेपछी यो पानीलाई १/२ मिनेट जति उमाल्ने र मन तातो भए पछी छानेर पिउने। नियमित ज्वनो पानी पिउँदा पेटसम्बन्धी सम्पूर्ण समस्याहरु हट्छ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here