पीडादायी समस्या जोर्नी दुखाई हातगोडाको जोर्नी मात्र नभई शरीरको जहाँ-जहाँ दुई हड्डी जोडिएको हुन्छ, त्यहाँ चस्स दुख्ने, मन्द दुख्ने, सुन्निएर रातै हुने, यताउता चल्न निकै अप्ठ्यारो हुने, सहन नसक्ने गरी दुख्ने तथा कटक्क खाए जसरी दुख्ने लगायतका समस्या हो । एकपटक यो समस्याले सत्ताउन थालेपछि छुटकारा पाउन निकै मुस्किल हुन्छ ।
आजकल वृद्धवृद्धालाई मात्र नभई जवान उमेरको मानिसहरुमा पनि यो समस्या देखिन्छ । जवानहरुमा पनि बढी देखिने यो समस्या हुनुको अनेक कारणहरुमध्ये जेनेटिक्स, असन्तुलन खानपान र अस्तव्यस्त जीवन शैलीलाई पहिलो कारणका रपमा लिन सकिन्छ ।
हामी यो बिमारीबाट मुक्त पाउन विभिन्न किसिमका औषधी सेवन गर्ने गर्छौं । यस्तो दुखाई कम गर्ने औषधीले एकछिनको लागि त ठिक हुन्छ तर लामो समयसम्म र पूर्ण रुपमा भन्ने काम गर्दैन । यो समस्यालाई निको पार्न बाह्य औषधी उपचारका साथसाथै आन्तरिक उपचार गर्नु पनि जरुरी हुन्छ । जसले यस बिमारी बाट सधैँका लागि छुटकारा पाउन सकिन्छ ।
जोर्नी दुखाईबाट सधैँका लागि पुर्णरुपमा छुटकारा पाउन घरेलु औषधीको बारेमा जानकारी
सुरुमा दुई ओटा ठुलो कागती लिने । यदि कागती सानो छ भने ३-४ ओटा लिन सकिन्छ । अब यी कागतीको बोक्रा निकाल्ने । बोक्रा निकाल्दा सानो टुक्रा पार्नु भन्दा अलि ठुलो र लाम्चो आकारमा निकालेको राम्रो हुन्छ । सबै कागतीको बोक्रा निकालिसकेपछी‘ सम्पूर्ण बोक्रालाई एउटा सफा सिसाको जारमा राख्ने र यसको माथिबाट ओलिव ओइल राख्ने (मिसाउने)। याद राख्नुहोस् कि ओइल राख्दा खेरी यसले कागतीको बोक्रालाई पुर्ने (डुबाउने) गरी राख्नु पर्छ । त्यसपछि राम्रो सँग जारको ढकन लगाएर यसलाई २ हप्तासम्म राख्नुहोस् ।
यसरी २ हप्तासम्म राखेपछि यो औषधी प्रयोग गर्न सकिन्छ ।
प्रयोग गर्ने विधि : यो औषधीमा कपासको डल्ला चोपेर अर्थात् डुबाएर दुखेको भागको माथिबाट राखेर ब्यान्डेजले राम्ररी छोप्ने गरी बाँध्ने । यो औषधी प्रयोग गरेपछि राम्रो आराम गर्नु जरुरी छ, त्यसैले रातीमा बेडमा जानु भन्दा अगाडी प्रयोग गर्दा एकदम प्रभावकारी नतिजा पाउनेछ ।
कागतीको सेवन गर्दै आएपनि स्वास्थ्य सम्बन्धी यसको बोक्राबाट पाइने अद्भुत गुणहरुको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । यसले जोर्नी दुख्ने समस्या बाट पूर्णरुपमा छुटकारा पाउनुका साथै नसा सुनिन्ने समस्यालाई निको पार्छ ।


















