‘काल’ बन्दै दाइजो

196

काठमाडौं- तराई–मधेसका महिलाहरु सुखसयलका साथ बाँकी जीवन विताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ। यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी विर्ताकी २८ बर्षीया अन्जुदेवी तात्वाँ।

शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो। सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित छ या छैन भन्ने प्रश्न उठेको छ।

प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिरहेका थिए । ‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टीका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकका पति पन्नालालसहित सबै मलामी भागे।’ पन्नालाल र आफन्तले सुरुमा अन्जुदेवीको शव भारतमा लगेर दाहसंस्कार गर्न खोजे पनि एम्बुलेन्सले नमानेपछि सिर्सिया नदीको घाटमा पुर्‍याइएको थियो ।

नियन्त्रणमा लिएको शव नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने ढकालले जानकारी दिए। नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here