‘जात्रै जात्रा’को शीर्ष गीत सार्वजनिक

203

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको यो गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको छ । गीतले चलचित्रको भावलाई प्रस्तुत गरेको छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको यो गीतमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिङ गरिएको छ । प्रदिप भट्टराइले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here